सल्यानमा घरको छतबाट खसेर एक जनाको मृत्यु

९ चैत्र २०७९, बिहीबार १६:४५ मा प्रकाशित

सल्यानमा काम गर्ने क्रममा घरको छतबाट खसेर एक जनाको मत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ दारिमचौरका अन्दाजी ५० वर्षीय डिल्ली बहादुर चनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार दिउँसो शारदा नगरपालिका १ श्रीनगर बजारमा घर ढलान गर्ने सेप्टी बनाउनेक्रममा सेप्टीबाट चिप्लिएर घाइते भएका चनाराको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । उहाँका अनुसार चनाराको टाउकोमा गहिरो चोट लाग्दा बेहोस भएका थिए ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu