त्रीवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाइ वडा नं. ५ को सिम्कमा सम्पन्न
स्थानीय तह र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्न सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सल्यानको त्रिवेणी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
त्रिबेणी गाउँपालिका कार्यपालिका लुहाम सल्यानको कार्यालयबाट प्रवाह भइरहेको सेवा, विकास निर्माण, बजेट, भौत्तिक पूर्वाधार निर्माण, समाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन र सरसफाइ लगायतका विविध विषयमा जनताहरुलाइ सुशासनको प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि त्रिबेणी गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको हो । सोमबार वडा नं. ५ को वडा कार्यालय सिम्कमा आर्थिक वर्ष २०७९।८० को दोस्रो चौमासिक सम्म सम्पादन गरिएका काम कारबाहि विकास योजना विभिन्न कार्यक्रमहरु तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सार्वजनिक सुनुवाइको आयोजना गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाको बजेट, कार्य प्रगति विवरण लगायतका विषयमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुलाई जानकारी गराउनु भएको थियो ।
५ नं. वडाले आर्थिक बर्ष ०७९।८० मा सम्पादन गरेको कामहरुको जानकारी वडासचिव शंकर रानाले गर्नुभएको थियो ।
कार्यक्रममा जवाफदेही वक्ताको रुपमा योजना शाखाबाट अमरसिंह बबाल, प्राविधिक शाखाबाट लक्ष्मण देवकोटा, शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्य, कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबाल, पशु शाखा प्रमुख वसन्त रावत, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, राष्ट्रिय भुमि आयोग त्रिवेणीका इकाई संयोजक सरोज बोहरा, महिला तथा बालबालिका शाखा प्रमुख वसन्ता वली, त्रिबेणी गाउँपालिकाका वडा नं ५ सदस्यहरु रहनु भएको थियो भने । कार्यक्रममा शिक्षक, विद्यार्थी, विभिन्न वन समुहका प्रमुख, उपभोक्ता समुहका अध्यक्ष एंव प्रतिनिधीहरु, महिला स्वास्थ्य स्वंयसेविका लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीले उठाएका प्रश्न तथा जिज्ञासाहरुको प्रमुख प्रशासकीय अधिकृत, राम बहादुर बुढा, गाउँपालिका अध्यक्ष खिम बहादुर रावत , उपाध्यक्ष सिता खड्का पुन, वडाअध्यक्ष बिमल रावत र सम्बन्धीत शाखा प्रमुखहरु जवाफ दिनु भएको थियो ।
गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्र्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले सार्वजनिक सुनुवाई त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो ।
कार्यक्रमको सहजिकरण त्रिवेणी अनलाइनका पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री