गायत्री प्रा.वि.ले मनायो ३३ औ वार्षिकोत्सब

   
त्रिवेणी अनलाइन
२२ फाल्गुन २०७९, सोमबार १०:२३ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यान
सल्यानको त्रिबेणी गाउँपालिका वडा नं. ५ ढोरचौरमा अबस्थीत गायत्री प्राथामिक बिद्यालयले आफ्नो ३३ औ वार्षिकोत्सब तथा अभिभावक मिलन दिवश भब्य कार्यक्रम गरि मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञान संगम सुनारको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, विशिष्ठ अतिथि उपाध्यक्ष सिता खड्का पुन रहनु भएको थियो । वडा नं. ५ का वडाअध्यक्षले वडा नं. ५ बाट २ लाख बजेट बिनियोजन गरेर विद्यालयमा भित्तेलेखनका साथै जिर्ण रहेको शिशु कक्षालाई मर्मत गरिएको बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले पालिकाभित्र भित्र रहेका आधारभुत विद्यालयहरु मध्ये सबैभन्दा उत्कृष्ठ विद्यालयको भएको बताउनु भएको थियो । आफुहरुले चुनावको बेला गरेका बाचाहरु बिस्तारै पुरा गर्दै गएको पनि बताउनु भयो । विद्यालयको शैक्षिक सुधारका लागी आफुहरुले काम गरिरहेको र साथ दिनको लागी सबैलाई आग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष सिता खड्का पुनले सिमित स्रोत र साधनको बिच पनि राम्रो शिक्षा प्रदान गरेको खुसी ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञान संगम सुनारले बोल्दै स्थानीय सरकारबाट राम्रै सहयोग पाईरहेको र आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा राखेको बताउनु भयो । गाउँपालिकाबाट बिनियोजित ६ लाख रुपैयाको सम्झौता भईसकेको र केहि दिनमा काम अघि बढाईने बताउनु भयो । कार्यक्रम त्रिबेणी गाउँपालिका वडा नंं ४ का वडाअध्यक्ष छबिराज शर्मा, वडा नं ६ का वडाअध्यक्ष मनोज शाह, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, शिक्षा शाखाबाट दल बहादुर राना, अन्य विद्यालयका वि.ब्य.स. अध्यक्ष तथा प्रधानाध्यापक लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचलान शिक्षक रेशम डांगीले गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu