सल्यानको त्रिवेणी खोला किनारमा एक पुरुष मृत फेला

   
त्रिवेणी अनलाइन
१८ फाल्गुन २०७९, बिहीबार २१:४६ मा

फागुन १८,सल्यान
सल्यानको खोला किनारमा एक पुरुष मृत फेला परेका छन्  । जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भई त्रिवेणी गाउँपालिका ६ लुहाम बजारमा ग्रिल उद्योग सञ्चालन गर्दै आइरहेका अन्दाजी २४ का दिनेश वि.क मृत फेला परेका हुन ।

लुहाम खोला किनारमा बेहोश भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई स्थानीयले खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताउनु भयो । वि.क.लाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको खनालले जानकारी दिनु भयो ।
घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । मृत्तक वि.कले त्रिवेणी गाउँपालिका ६ लुहाममा ग्रिल उद्योग सञ्चालन गर्दै आइरहेका थिए ।

तपाइँको प्रतिक्रिया
Array