बिहे गर्न वडाको सिफारिस अनिवार्य

   
त्रिवेणी अनलाइन
३ फाल्गुन २०७९, बुधबार १७:४१ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यान, ३ फागुन ।
सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । हालै सम्पन्न गाउँपालिकाको १२ औँ गाउँसभाले विवाह गर्नु अगाडी अनिवार्य वडा कार्यालयको सिफारिस लिनुपर्ने व्यवस्था गरेको हो ।

गाउँपालिकाभित्र बढ्दै गएको बालविवाहलाई न्यूनिकरण गर्न पालिकाका ६ वटै वडा कार्यालय मार्फत विवाह अगाडी अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष दुर्गा वहादुर पुनले पछिल्लो समय गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौँ प्रयास गरेपनि न्यूनिकरण सम्भव नभएपछि विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । यो व्यवस्था गाउँसभाबाट पारित भैसकेको र अवको केही दिनमा नै कार्यान्वयनमा आउने उहाँको भनाइ छ ।

उहाँले जुनसुनै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्म दर्ता पेश गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताउनुभयो । ‘बालविवाह रोक्न हामीले जनचेतना अभिवृद्धि लगाएतका थुपै्र कार्यक्रम सञ्चालन गरेको हौँ, तर रोक्न सकिएन, १५र१६ बर्षको उमेरमा नै विहे गर्ने क्रम घटेन्’ उहाँले भन्नुभयो ‘अव बालविवाह गरेको थाहा पाएमा कानूनी कारबाही हुने छ ।’

अध्यक्ष पुनले विवाहको निमन्त्रणा कार्डमा पनि दुलाहादुलहीको उमेर अनिवार्य खुलाउनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । ‘हाम्रो पालिकामा गर्भवति महिलाको अवस्थाका बारेमा बुझ्दा १ सय २० जना गर्भवति पहिलो गर्भ जाँच गर्न आएकोमा ३५ जना २० बर्षमुनीको रहेको पाइयो, यसले बताउँछ कि यस गाउँपालिकामा बालविवाहको अवस्था कस्तो छ भनेर’ उहाँले भन्नुभयो ‘बालविवाह हुनुमा मुख्य भूमिका अभिभावकको हुने भएकाले बालविवाहलाई अस्वीकार गर्ने अभिभावकलाई सम्मान गर्ने पालिकाको योजना छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले यसै बर्षदेखी बालविवाह मुक्त बिद्यालय अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । ‘बिद्यालय उमेरका केटाकेटीको भागेर विवाह गर्ने चलन धेरै नै छ, यसलाई रोक्नको लागि बिद्यालयमा सचेतिकरणका कार्यक्रम सञ्चालन गर्छौ’ उहाँले भन्नुभयो ‘बालविवाह गर्ने गराउनेलाई कानुन अनुसारको कारवाही छदैँछ, बालविवाह गर्नेका अभिभावकहरुलाई कालोसुचीमा राखेर पालिका र वडा कार्यालयबाट हुने सिफारिस र पञ्जिकरणमा दोब्बर शुल्क लिन्छौ ।’

हाल भैसकेका बालविवाहलाई हटाउन नसक्ने भएपनि अवका दिनमा बालविवाह हुनै नदिनका लागि सरकारले तोकेको कानुन अनुसारको दण्डजरिवाना सँगै पालिकाले थप कारवाही गर्ने उहाँको भनाइ छ । बालबालिकालाई २० वर्षपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्ने उद्धेश्यले बालबालिका र अभिभावकलाई बालविवाहले पार्ने नकारात्मक असर र कानुनी कारबाही बारेमा जानकारी समेत गराइने छ ।

अहिले पनि बालविवाहका कारण शारीरिक, मानसिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रमा पार्ने असरका बारेमा जानकारी गराइरहेको उहाँको भनाइ छ । आगामी तीन बर्षभित्रमा बालविवाह, बहुविवाह, बालश्रममुक्त र पुर्ण सरसफाई उन्मुख पालिका घोषणा गर्ने लक्ष्य रहेको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu