त्रिवेणीको रनिङ शिल्ड सम्पन्न : यस्तो छ नजिता

   
त्रिवेणी अनलाइन
२९ माघ २०७९, आईतवार १३:४६ मा
[Sassy_Social_Share total_shares="ON"]

माघ २९, सल्यान ।
त्रिवेणी गाउँपालिका सल्यानको चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको मा.वि तर्फको उपाधी ११ स्वर्ण, ९ रजत, ७ काश्य पदक सहित जनता मा.वि. त्रिवेणी १ काभ्राले जितेको छ । १० स्वर्ण, ४ रजत, ८ काश्य पदक सहित त्रिवेणी ५ सिम्कले दोस्रो स्थान हासिल गरेको छ भने ४ स्वर्ण, २ रजत र ४ काश्य पदक सहित तेस्रो स्थान हासिल गरेको छ ।
नि.मा.वि. तर्फ ५ स्वर्ण ३ रजत ३ काश्य पदक सहित त्रिवेणी गा.पा. वडा नं. ४ को ने.रा.मा.वि. रेख फलाबाङ प्रथम स्थान हासिल गरेको छ । ५ स्वर्ण २ रजत २ काश्य पदक सहित जनता मा.वि. काभ्रा दोस्रो स्थान त्यसैगरी ३ स्वर्ण ३ रजत पदक सहित सल्यान पब्लिक स्कुल तृतिय स्थान हासिल गरेको हो ।
यस्तै प्राथमिक विद्यालय तहमा ७ स्वर्ण पदक ल्याएर सल्यानी मेरिगोल्ड बोर्डिङ स्कुलले प्रथम उपाधी हात पारेको छ । २ स्वर्ण ३ रजत, १ काश्य पदक सहित सल्यान पब्लिक स्कुल दोस्रो स्थान हासिल गरेको छ । २ रजत १ काश्य पदक सहित शिव सरस्वती आ.वि. राताचौर तेस्रो भएका छन ।
यस्तै खुल्ला पुरुष भलिवल तर्फ ३ पटक लगातार विजयी बन्दै वडा नं. ३ ले शिल्ड हात पारेको छ । वडा नं. ६ दोस्रो तथा वडा नं. ५ तेस्रो बन्न सफल भएका थिए ।
प्रतियोगितामा विजयीलाई ट्रफि, मेडल, प्रमाणपत्रका साथै शैक्षिक सामाग्री पनि प्रदान गरिएको थियो ।
पालिकाभरका ७ सय १४ जना खेलाडी सहभागि भएको प्रतियोगितामा ५४ वटा इभेन्टमा प्रतिस्पर्धा भएको गाउँपालिकाले जनाएको छ । सञ्चालित प्रतियोगितामा पालिका भित्रका सामुदायिक र संस्थागत गरेर ३५ विद्यालयले सहभागिता जनाएका छन ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu