सल्यानको बागचौरमा पनि टेक माइन्डस नेटवर्क प्रा.लीको शाखा कार्यालय स्थापना
सल्यानको बागचौरमा पनि टेक माइन्डस नेटवर्क प्रा.ली.ले आफ्नो शाखा विस्तार गरेको छ ।
बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले बागचौर शाखाको उद्घाटन गर्नुभएको थियो ।
टेक माइन्डस नेटवर्क प्रा.ली.ले देश भरका ७० जिल्ला बाट सेवा दिदै आएकोमा सल्यान जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गर्ने उदेश्य राखी बागचौर नगरपालिकामा शाखा विस्तार गरिएको र इन्टरनेट संगै टेलिभिजन संचालनका लागि पनि तयारी गरेको टेक माइण्डस नेटवर्क प्रा.ली कर्णाली प्रदेश छेत्रीय प्रबन्धक संगम सुनारले बताउनुभयो ।
टेक माइन्डस नेटवर्क प्रा.लीको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा उहाँले प्रकाश पार्नुभएको थियो । प्रा.लीले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिनुभयो ।
उक्त उद्घाटन कार्यक्रममा नगर प्रमुख जनकराज गौतम, नगर उप प्रमुख सुम्निमा डि।सी वली, नगर प्रवक्ता दिपेश डि।सी, स्थानीय व्यापारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह