विद्यार्थी प्रतिभा पहिचान गरिब, जेहेन्दारलाई निःशुल्क शैक्षिक सामग्री वितरण
गाउँपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान एंव गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण कार्यक्रम विहिबार लुहाममा सम्पन्न भएको छ । सल्यानको त्रिवेणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत प्रा.वि., नि.मा.बि., र मा.वि. स्तरिय विभिन्न प्रतियोगीताहरु संचालन भएका थिए । वक्तृत्वकला, हाजिरीजवाफ, लोक नृत्य, चित्रकला, हस्तलेखन प्रतियोगीता संचालन भएका थिए । यस्तै गरिब तथा जेहेन्दार ८३ जना विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा उपाध्यक्ष सिता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढा, वडा नं. ४ का वडाअध्यक्ष छबिराज शर्मा, वडा नं. ५ का वडाअध्यक्ष बिमल रावत, पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले विद्यार्थीहरुको प्रतिभा नजिकबाट नियाल्ने अवसर पाएको बताउनु भयो । विद्यार्थीहरुको प्रतिभा पहिचान गरि सक्षम बनाउन पालिकाको तर्फबाट भरपुर प्रयास गरिरहेको पनि बताउनु भयो । उक्त कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख गणेश आचार्यले गर्नुभएको थियो ।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा