लैगिंक हिंसा विरुद्धको अभियान लुहाममा सम्पन्न
सभ्य समाजको पहिचान, लैगिंक हिंसा विरुद्धको अभियान सल्यानको त्रिबेणी गाउँपालिका वडा नं. ६ लुहाममा सम्पन्न भएको छ । वडा नं. ६ का अध्यक्ष मनोज शाहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता खड्का पुन प्रमुख अतिथि, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढा, ईप्रका लुहामका प्रहरी सहायक निरिक्षक रबिन शाही, अधिवक्ता विष्णु शर्मा लगायत वडाबासीहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा लैगिंक हिंसाको बारेका ईप्रका लुहामका प्रहरी सहायक निरिक्षक रविन शाहीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा लैगिंक हिंसा सम्बन्धी कानुन तथा कारवाहीको बारेमा अधिवक्ता बिष्णु शर्माले जानकारी दिनु भएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष पुनले न्यायिक समिति निर्माण गर्न आफुहरु लागी परेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले सभ्य समाज निर्माण गर्न आफ्नै घरबाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । हिंसारहित पालिका निर्माण गर्न सबैलाई आब्हान गर्नुभयो । उक्त कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख बसन्ता वलीले गर्नुभएको थियो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






