त्रिबेणीको काभ्रामा निशुल्क आखाँ शिविर सम्पन्न, २ सय जनाले लिए सेवा
सल्यानको त्रिवेणी गाउँपालिकामा निशुल्क आखाँ शिविर सम्पन्न भएको छ । त्रिबेणी गाउँपालिकाको आयोजना तथा श्रीनगर आखाँ उपचार केन्द्रको समन्वयमा वडा नं. १ मा रहेको काभ्रा स्वास्थ्य चौकीमा १ दिने निशुःल्क आखाँ शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा २ सय जनाको आखाँको चेकजाँच गरिएको थियो । जसमध्ये १९ जनामा मोतिविन्दु रहेको पाईएको थियो । उनीहरुको ३ र ४ गते श्रीनगरमा संचालन हुने शिविरमा निशुल्क अप्रेशन गरिने भएको छ । आँखाको उपचारका लागि मंहगो रकम खर्चेर श्रीनगर, दाङ धाउनुपर्ने बाध्यता हटेको सेवाग्राही बताउछन । यस्ता निःशुल्क स्वास्थ्य शिविर बेलाबेला ल्याए गरिब गाउँलेको उपचारमा सहयोग पुग्ने बताउछन । स्वास्थ्य उपचारका शिविर गाउँगाउँमा सञ्चालन गरि ग्रामीण भेगका सर्वसाधरणलाई ठूलो राहत पुग्ने गाउपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनुभयो । आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको उहाको भनाई छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement













