त्रिबेणीको काभ्रामा निशुल्क आखाँ शिविर सम्पन्न, २ सय जनाले लिए सेवा

   
त्रिवेणी अनलाइन
१९ मंसिर २०७९, सोमबार १७:२१ मा

सल्यानको त्रिवेणी गाउँपालिकामा निशुल्क आखाँ शिविर सम्पन्न भएको छ । त्रिबेणी गाउँपालिकाको आयोजना तथा श्रीनगर आखाँ उपचार केन्द्रको समन्वयमा वडा नं. १ मा रहेको काभ्रा स्वास्थ्य चौकीमा १ दिने निशुःल्क आखाँ शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा २ सय जनाको आखाँको चेकजाँच गरिएको थियो । जसमध्ये १९ जनामा मोतिविन्दु रहेको पाईएको थियो । उनीहरुको ३ र ४ गते श्रीनगरमा संचालन हुने शिविरमा निशुल्क अप्रेशन गरिने भएको छ । आँखाको उपचारका लागि मंहगो रकम खर्चेर श्रीनगर, दाङ धाउनुपर्ने बाध्यता हटेको सेवाग्राही बताउछन । यस्ता निःशुल्क स्वास्थ्य शिविर बेलाबेला ल्याए गरिब गाउँलेको उपचारमा सहयोग पुग्ने बताउछन । स्वास्थ्य उपचारका शिविर गाउँगाउँमा सञ्चालन गरि ग्रामीण भेगका सर्वसाधरणलाई ठूलो राहत पुग्ने गाउपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनुभयो । आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको उहाको भनाई छ ।

तपाइँको प्रतिक्रिया
Array