हराएकी बालिकाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

   
त्रिवेणी अनलाइन
९ श्रावण २०७६, बिहीबार ०८:५४ मा
[Sassy_Social_Share total_shares="ON"]

बैतडी – बैतडीमा खाल्डोमा गाडिएको अवस्थामा एक बालिकाको शव भेटिएको छ । दोगडाकेदार गाँउपालिका वडा नम्बर–२, ढिकगाड घर भै हाल दशरथचन्द नगरपालिका वडा नम्बर–४, बमरोडामा बुवासँगै बस्दै आइरहेकी ८ वर्षीया बालिका कलावती सार्कीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिनुभयो । बुधबार सार्कीको शव उनी पढ्ने ईश्वर आधारभूत विद्यालय छेउको खाल्डोमा गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । बालिका गएको असार १८ गतेदेखि बेपत्ता भएकी थिइन् ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu