सल्यानबाट दाङका लागि छुटेको बस दुर्घटना, ६ जना घाईते
सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगपालिका २ शारदा खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी सल्यान छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका ८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका ३ की ५८ वर्षीया दिल कुमारी खड्का रहेका छन् । घाइतेहरूको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
बस ओरालोमा भएको र बस चालकले बस रोकी साइड हेर्न झरेको समयमा एक यात्रुले गियर चलाएपछि बस दुर्घटना भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ । आज बिहान सोही ठाउँमा ट्रिप्पर दुर्घटना भएको थियो ।
घटना थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







