राष्ट्रिय सभा सदस्य उदय बोहराको वडामा नेकपा एकीकृत समाजवादी पराजित
राष्ट्रिय सभा सदस्य उदय बोहराको आफ्नै वडा नेकपा एकीकृत समाजवादी पराजित भएको छ । सल्यानको त्रिवेणी गाउँपालिका ५ को वडाअध्यक्षमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवार रेशम बोहरालाई नेपाली काँग्रेसका बिमल रावतले पराजित गरेका हुन् ।
रावतले ४६२ मत ल्याएर जितेका हुन् । बोहराको वडामा समाजवादी र नेकपा माओवादीबीच तालमेल गर्दा पनि समाजवादी दोस्रो स्थानमा सीमित रह्यो ।
रेशम बोहराले ४२९ मत प्राप्त गरेका थिए ।
२०७४ को निर्वाचनमा नेकपा एमालेका डिल्ली बोहरा वडाअध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसले उक्त वडामा करिब ३० वर्षपछि जित निकाल्न सफल भएको वडाअध्यक्ष बिमल रावत बताउछन् ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
- नेपाल निजामति कर्मचारी युनियन त्रिवेणीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
- सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु
धेरैले पढेको