सल्यानमा चुनाव प्रचारप्रसारमा हिडेको गाडीको छतबाट खसेर एकजनाको मृत्युु
सल्यानमा चुनावी प्रचारमा हिडेको गाडीको छतबाट खसेर एक जनाको मृत्युु भएको छ ।
जिल्लाको कालिमाटी गाउँपालिका– २ दानीगौरामा लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खस्दा शोही ठाउँका १८ वर्षीय खुमराज थापा मगरको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
छतबाट खसेर गम्भिर घाइते भएका मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । गाडी चालक दाङको बबई गाउँपालिका –२ का २८ वर्षीय खुमबहादुर छन्तेल र गाडीलाई नियन्त्रणमा रहेको बताईएको छ ।
नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार रहेका भुपेन्द्र घर्ति मगर सहितको टोलीको प्रचारमा हिडेका थापा जीपको छतबाट लडेका थिए ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







