मेयरका उम्मेदवार प्रकाश भण्डारीको घोषणा सहितको प्रतिबद्धता पत्र सार्वजनिक । यस्ता छन बुदाहरु
नेपाली काँग्रेसबाट शारदा नगरपालिकाको मेयर पदका उम्मेदवार प्रकाश भण्डारीले आफ्नो प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेका छन ।
घोषणा पत्रमा शारदा नगरपालिकामा नगर बस संचालन गर्ने देखि सामाजिक सुरक्षा भत्ता घरघरमा वितरण गरिने,नगरको कर प्रणालीमा सुधार गरिने उल्लेख गरिएको छ, त्यस्तै सल्यान श्रीनगरमा अत्याधुनिक वषपार्क निर्माण, खैरावाङ मन्दिर जाने बाटोको स्तरोन्ती गरि पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने । कृषकहरुलाई विद्युत्त महसुलमा ५० प्रतिशत छुट दिइने, नगरलाई डिजिटल नगरपालिका बनाउने, नगर प्रहरी स्थापना गर्ने, नगरप्रमुख स्वरोजगार कार्यक्रम संचालन गर्ने, खुल्ला फिटनेस पार्क, मालनेटामा कोल्ड स्टोर निर्माण, वडा वडामा एम्बुलेन्स सेवा, निशुल्क स्वास्थय विमा, महिलाहरुका लागि आयआर्जनका तालिम, लगायत उत्कृष्ठ शिक्षक, विद्यार्थी,कर्मचारी, निर्माण व्यवसायि , उपभोक्ताम समितिलाई पुरस्कृत तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान लगायतका प्रतिबद्धता सार्वजनिक भएका छन ।
उक्त कार्यक्रममा नेपाली कांगे्रस सल्यानका नेता तथा पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह, कांग्रस सल्यानका उपसभापति चक्र देवकोटा, सन्तोष के।सी।लगायतका नेता, तथा जिल्ला स्थित संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
सार्वजनिक गरिएको घोषणापत्रमा उल्लेखित बुदाहरु यस्ता रहेका छन ।
-शारदा नगरपालिकालाई सुशासनयुक्त एवं भ्रष्ट्राचारमुक्त बनाउने ।
-परिकृष्त र सुसंस्कृत समाज निर्माण गर्नका निम्ति नगरबाट वितरण गरिने वितरणमुखी योजनामा समावेशी समता र समानताको आधारमा गरिने छ ।
-गुणात्मक शिक्षा प्रदान गर्नको लागि शिक्षा क्षेत्रमा आधुनिक नव प्रविधियुक्त भौतिक निर्माण गरिनुका साथै नगरपालिकाले आफ्नै शिक्षा नीति बनाउने छ ।
-यातायातमा सबैको पहँुच र अपनत्व बढाउनको लागि नगरका प्रमुख स्थानहरुमा नगरबस संचालन गरिनुका साथै जेष्ठ नागरिकका लागि निशुल्क सेवा र विद्यार्थीहरुका लागि ४५ प्रतिशत छुट सेवा प्रदान गरिने छ ।
-नगरपालिकाबाट दिइने सेवा वापत लिइने कर प्रणालीमा सुधार गरिनुको साथै सबै खालको कर तिर्न र प्रमाणपत्र लिनका लागि अनलाइन प्रणाली लागुु गरिनेछ ।
-कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि यान्त्रिकीकरण नवप्रविधिको विकासलाई आफैं तथा सरोकारवाला निकायसँगै समन्वय गरी ठूला तथा साना परियोजनाहरु भित्रयाउनुका साथैसाना तथा मझ्यौला उद्योग व्यवसाय सञ्चालन गर्ने ।
-‘पर्यटनको विकास आर्थिक सम्बृद्धिको आधार’ मूर्त रुप प्रदान गर्नको लागि धार्मिक तथा सांस्कृतिक मठ मन्दिर एवं प्राकृतिक सम्पदाहरुको संरक्षण सम्वर्धन र विकासमा जोड दिने ९खैरावाङ्ग मन्दिरलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नको लागि सहज र व्यवस्थित बाटोको निर्माण गर्ने, धार्मिक संग्राहलयको निर्माण गर्ने, धार्मिक सत्कार तथा व्यवस्थापकीय पक्षको लागि नजिकको बस्तीहरुमा पर्यटकीय तालिमको सञ्चालन गर्ने, स्वच्छ सफा र पर्यटनमैत्रीबस्तीको विकास गरिहोमस्टे संचालन गर्ने र धार्मिक पार्कको निर्माण गर्ने । तथा श्रीनगरमा खैरावाङ प्रवेशद्वार निर्माण गर्ने ।
-आस्था अनुसारको मठमन्दिर प्रार्थना गृहको निर्माण तथा संरक्षण गर्ने ।
-“गाउँ गाउँमा जाउँ, आर्थिक पूर्वाधारको निर्माण गरौं” नेपाली काँगे्रेसको समाजवादको परिकल्पनालाई साकार बनाउनको लागि कृषि तथा पशुजन्य व्यवसायलाई पकेट क्षेत्रको रुपमा पहिचान गरी व्यवसायीक रुपमा उत्पादन गर्ने बहुमूल्य खालका जडिबुटि तथा पशुजन्य बस्तुको उत्पादनमा बढवा दिने ,माटो र भौगोलिक बनावट सुहाउँदो खेती विकास गरिने ।
-कृषि उत्पादकत्वमा बुद्धि गर्नको लागि व्यवस्थित सिंचाई कुलो निर्माण थोपा सिंचाई परियोजना बर्षे पानी संकलन केन्द्रको निर्माण गरिने साथै कृषि व्यवसायमा लागेका किसानहरुका लागि विद्युत महसुलमा ५० प्रतिशतनगरपालिकाले व्यवस्था गर्ने ।
-स्वस्थ्य जीवन, सुखी जीवन मानवीय विकासको पहिलो आधार भएकोले, जिल्ला अस्पतालको र्भौतिक पूर्वाधार स्तरबृद्धि, प्रत्येक वडामा ६÷६ महिनामा निशुल्क स्वास्थ्य ९स्वास्थ्य विशेषज्ञ सहित० शिविर सञ्चालन प्रत्येक नगरबासीको निशुल्क स्वास्थ्य विमा, वडा वडामा एम्बुलेन्स सेवा सञ्चालन जिल्ला अस्पतालमा व्लड बैंक स्थापना, दीर्घ तथा क्यान्सर,मृगौला पीडित जस्ता विरामीहरुको लागि डाक्टरको सिफारिसमा प्रतिव्यक्ति रु।१ लाख सम्म विरामीलाई सहुलियत प्रदान गरिने ।
-नगर वासीलाई स्वस्थ, तन्दुरुस्त राख्नको लागि सार्वजनिक ठाँउहरुमा खुल्ला फिटनेस पार्क स्थापना गरिने ।
-बिजुली बत्ती नपुगेको ठाउँ पहिचान गरी त्यस क्षेत्रमा विजुली बत्तीको व्यवस्था गरी उज्यालो शारदा नगरपालिका घोषणा गरिनेछ ।
-नेपालकै प्रख्यात अदुवा क्षेत्र माल्नेटामा अदुवा प्रशोधन केन्द्रको स्थापना गर्ने तथा शित भण्डार केन्द्र ९कोल्ड स्टोर० व्यवस्था गर्ने ।
-शारदा नगरपालिकामा प्राविधिक व्यवहारिक सिपयुक्त दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याउने खालको शैक्षिक वातावरण निर्माणमा नगरपालिकाको विशेष पहल रहने ।
-महिला सशक्तिकरण, समान सहभागिता, आत्मनिर्भर र आय आर्जनमूलक सिपयुक्त तालिममा विशेष प्रोत्साहन गर्ने ।
-युवा स्वरोजगारलाई प्राथमिकतामा राख्दै विभिन्न खालका ९सिपयुक्त० छोटो अवधिका तालिमको व्यवस्था गर्ने जसद्धारा दक्ष, आत्मनिर्भरता र स्वाभलम्वनयुक्त युवा तयार गर्नको लागि ‘नगरप्रमुख स्वरोजगार कार्यक्रम’ संचालन गरिने ।
-छुवाछुतमुक्त धार्मिक सहिष्णुता, सद्भावनायुक्त र लैङ्गिक समानता र समावेशी समाजको निर्माणमा नगरपालिकाको विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
-शारदा अक्षयकोषको स्थापना गरी दलित, गरिब, अल्प संख्यक तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिनेछ ।
-‘स्वच्छ तथा स्वस्थ्य खानेपानी र खुल्ला चौडा सडकको निर्माण सम्पूर्ण नगरबासीको सञ्चारमा पहँुच’ प्रत्येक बस्तीमा स्वच्छ, स्वस्थ्य खानेपानी उपलब्ध गराउनुको साथै चौडा सडकको विस्तार र विकास गर्ने नगरपालिकाबाट दिइने सेवा सुविधाहरुमा सबैको पहुँच बढाउनको लागि सहायता कक्षको स्थापना गर्ने ।
-२१ औं शताव्दी विज्ञान र प्रविधिको युुग सापेक्ष शारदा नगरपालिकालाई प्रविधि मैत्री र डिजिटल नगरपालिकाका रुपमा रुपान्तरण गरिनेछ ।
-नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भक्ता प्रत्येक लक्षित समूह
ज्येष्ठ नागरिक, एकल महिला, र अपाङ्ग० लाई घरघर, टोलटोलमा गएर वितरण गरिने
-शान्ति सुरक्षाका लागि नगरभित्रका प्रमुख बजारहरुमा सिसि क्यामेरा जडान गरिनुुका साथै नगर प्रहरीको स्थापना गर्ने ।
-सुन्दर, सफा, व्यवस्थित, हराभरायुक्त शहर निर्माण गर्नका लागि नेवा संस्कृतिको पवद्र्धन गर्दै सदरमुकाम खलंगा बजारलाई पहाडी हराभरा तथा व्यवस्थित शहरको रुपमा विकास गर्ने । श्रीनगर बजारमा अत्याधुनिक बसपार्क निर्माण गरिनुुका साथै जिल्लाको प्रमुख नदी शारदालाई संरक्षण गर्ने ।
-नगरपालिकामा भएका नतिजाका आधारमा उत्कृष्ठ विद्यार्थी र विद्यालय, कार्यसम्पादनका आधारमा उत्कृष्ठ शिक्षक, कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता समिति लाई प्रोत्साहन स्वरुप हरेक वर्ष पुरस्कृत गरिने ।
-प्राकृतिक प्रकोपबाट हुुने जनधनको क्षतिलाई न्युनिकरण गर्नका लागि राहत तथा व्यवस्थापनका कार्यक्रमहरुको प्याकेज तय गरिने ।
- सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
- सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
- तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा
- त्रिवेणीको काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सम्पन्न १ सय ५५ सेवाग्राहिले लिए सेवा ।
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट