मेयरका लागि आफूलाई आएको टिकट सहकर्मीलाई हस्तान्तरण
१२ वैशाख, सल्यान । सल्यानको बागचौर नगरपालिकामा एमालेका एक स्थानीय नेताले आफूलाई पार्टीले दिएको मेयरको टिकट सहकर्मीलाई हस्तान्तरण गरेका छन् ।
एमाले प्रदेश कमिटीले आइतबार मेयरको टिकट एमालेका नगर कमिटी अध्यक्ष घनश्याम शर्मालाई दिएको थियो । तर शर्माले सोमबार बिहान उक्त टिकट तिलक मल्ल (क्षितिज) लाई हस्तान्तरण गरेका हुन् । पूर्वमाओवादी केन्द्रका मल्ल एमालेको प्रदेश कमिटी सदस्य हुन् ।
यसअघि एमालेको नगर कमिटीले मल्लकै नाम मेयरको लागि सर्वसम्मत प्रदेशमा सिफारिस गरेको थियोे । तर आइतबार टिकट आउँदा शर्माको नाममा आएको हो ।
‘मल्ल जी चुनावी प्रचारप्रसारमा लागिसक्नु भएको थियो ।’ शर्माले भने,’ प्राविधिक का
रणले मेरो नाममा टिकट आयो । अहिले सहमतिमा मैले उहाँलाई हस्तान्तरण गरेको छु ।’
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






