आजदेखि कृषि गणना सुरु
आजदेखि कृषि गणना सुरु भएको छ । देशभरका तीन लाख ५० हजार किसानको घरमा पुगेर गरिने सातौँ कृषि गणना आजदेखि सुरु भएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक खटाइएको छ ।
२०१८ सालदेखि सुरु भएको कृषि गणना हरेक १०–१० वर्षमा हुन्छ । यसअघि २०६८ सालमा कृषि गणना गरिएको थियो । आजदेखि १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा पालिकास्तरमा वैज्ञानिक विधिले छनोट गरिएका तीन लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने भएको छ ।
किसानलाई २४ वटा प्रश्न सोधिने विभागले जनाएको छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । यस पटकको कृषि गणनामा गणकले सङ्कटमा रहेका रैथाने पशुपक्षी, सम्पूर्ण बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।