त्रिवेणी गाउँपालिकाको सार्वजनिक सुनुवाई काभ्रामा सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सल्यानको त्रिवेणी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । त्रिबेणी गाउँपालिका कार्यपालिका लुहाम सल्यानको कार्यालयबाट प्रवाह भइरहेको सेवा, विकास निर्माण, बजेट, भौत्तिक पूर्वाधार निर्माण, समाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन र सरसफाइ लगायतका विविध विषयमा जनताहरुलाइ सुशासनको प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि त्रिबेणी गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको हो । शुक्रबार वडा नं. १ र २ को काभ्रामा आर्थिक वर्ष २०७८।७९ सार्वजनिक सुनुवाई कार्यक्रममा बजेट, सम्पुर्ण योजनाको रकम, कार्य प्रगति, हुन नसकेको कामका कारण, कोभिड १९ को प्रभाव तथा गाउँपालिका बाट खर्च भएको विवरण लगायतका विषयमा प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुलाई जानकारी गराउनु भएको थियो ।
१ नं. वडाले आर्थिक बर्ष ०७८।७९ मा सम्पादन गरेको कामहरुको जानकारी वडाअध्यक्ष छबिलाल खत्रीले गर्नुभएको थियो भने वडा नं. २ ले आर्थिक बर्ष ०७८।७९ मा सम्पादन गरेको कामहरुको जानकारी वडाअध्यक्ष मेघराज रोकाले गर्नुभएको थियो ।
गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डांगीले बताउनु भयो ।
कार्यक्रममा जवाफदेही वक्ताको रुपमा योजना शाखाबाट पहलमान वलि, प्राविधिक शाखाबाट ईन्जिनियर शिवराज गोसाई, शिक्षा शाखाबाट दल बहादुर राणा, कृषि शाखाबाट अमर सिं बबाल, पशु शाखा प्रमुख वसन्त रावत, त्रिबेणी गाउँपालिकाका वडा नं. १ र २ का वडा सदस्यहरु, शिक्षक, विद्यार्थी, विभिन्न वन समुहका प्रमुख, उपभोक्ता समुहका अध्यक्ष एंव प्रतिनिधीहरु, महिला स्वास्थ्य स्वंयसेविका लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीले उठाएका प्रश्न तथा जिज्ञासाहरुको सम्बन्धीत शाखा प्रमुखहरु जवाफ दिनु भएको थियो ।
गाउँपालिका उपाध्यक्ष करुण खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन त्रिवेणी अनलाइनका पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement















