ए.बि.सी. लुहामको आयोजनामा जिल्ला स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगीता सम्पन्न,
जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगीता त्रिवेणी गाउँपालिका ६ लुहाममा सम्पन्न भएको छ ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ ए.बि.सी. लुहामको आयोजनामा चार दिनसम्म चलेको प्रतियोगीतामा १९ वटा टिम सहभागी भएका थिए । प्रतियोगीतमा प्रथम स्थान हासिल गर्ने राप्ती किङ भलिवल टे«निङ सेन्टरको टिमलाई रु ५० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । द्धितिय स्थान हासिल गर्ने कालिमाटाको गंगामाला टिमलाई रु ३० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै प्रतियोगीतामा आयोजक टिम ए.बि.सी. लुहाम (ए) ले तृतिय स्थान हासिल गरेको थियो । खेलमा अनुशासित विधाका खेलाडी कपुरकोट गाउँपालिकाका ललित सेनलाई प्रदान गरिएको थियो भने उत्कृष्ट खेलाडीको रुपमा आयोजक टिम ए.बि.सी.का दिपेन्द्र खत्रीलाई प्रदान गरिएको थियो । उक्त भलिवल प्रतियोगीतामा प्रथम पुरस्कार सौजन्य विकास स्टेसनरी एण्ड बुकस्टल का संचलाक डिल्ली बहादुर केसीले गर्नुर्भएको थियो । द्धितिय पुरस्कार नेपका एमालेको भातृ संगठन युवा संघ नेपाल सल्यानले गरेको थियो भने तृतिय पुरस्कार सौजन्य रावत सप्लायर्सका संचालक खिम बहादुर रावतले गर्नुभएको थियो । एबिसी लुहामका खेल संयोजक टिकाराम केसीको सभाध्यक्ष प्रमुख अतिथि डिल्ली बहादुर केसी, विशिष्ठ अतिथि खिम बहादुर रावत, नेकपा एमाले त्रिवेणी गाउँकमिटि सचिव धनराज तुफान लगाएतको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्नका लागी सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरुलाई एबिसी लुहामका सल्लाहकार नरसिङ सुनार लगायतका अतिथिहरुले सम्मान गर्नुभएको थियो । समापन समारोहमा केशब भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न