सुख्खा पहिरोले स्काभेटर पुरिदा दाङ सल्यान सडक खण्ड अबरुद्ध
९ चैत, सल्यान :
सडक निर्माणको क्रममा झरेको पहिरोले स्काभेटर पुरिदा राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ ।
मंगलबार बेलुकी करिव साढे सात बजेतीर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथीबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । पहिरो संगै झरेको ठूला ठूला ढुंगाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।
पहिरो झरेको स्थानमा अर्काे एउटा स्काभेटर भएपनि त्यसबाट सडकको अवरोध हटाउन नसकिने भएकाले दाङ तर्फबाट अर्काे स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको बताइएको छ । आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीको भनाई छ ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।