त्रिवेणी गाउँपालिकाद्धारा कृषकलाई वर्षे घाँसको बिउ वितरण

१६ फाल्गुन २०७८, सोमबार ०९:११ मा प्रकाशित

सल्यानको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाले व्यावसायिक पशुपालन गर्ने किसानलाई निःशुल्क घाँसको बिउ वितरण गरेको छ ।

आइतबार एक कार्यक्रमका बिच ४० जना किसानलाई ४ क्विन्टल रियोसेन्टी जातको घाँसको बिउ वितरण गरिएको हो । घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्ने उद्देश्यले कृषकलाई घाँसको बिउ वितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए ।May be an image of 1 person

कृषकलाई व्यावसायिक रुपमा पशुपालन गरी दुग्ध उत्पादनलाई बढवा गर्ने, दूधबाटै कृषकहरूलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको मुख्य उद्देश्य रहेको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्का र वडा न ४ का वडाध्यक्ष छविराज शर्माको समेत उपस्थिति रहेको थियो ।

May be an image of 7 people

May be an image of 8 people and people sitting

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu