त्रिवेणी गाउँपालिकाद्धारा कृषकलाई वर्षे घाँसको बिउ वितरण

   
त्रिवेणी अनलाइन
१६ फाल्गुन २०७८, सोमबार ०९:११ मा

सल्यानको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाले व्यावसायिक पशुपालन गर्ने किसानलाई निःशुल्क घाँसको बिउ वितरण गरेको छ ।

आइतबार एक कार्यक्रमका बिच ४० जना किसानलाई ४ क्विन्टल रियोसेन्टी जातको घाँसको बिउ वितरण गरिएको हो । घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्ने उद्देश्यले कृषकलाई घाँसको बिउ वितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए ।May be an image of 1 person

कृषकलाई व्यावसायिक रुपमा पशुपालन गरी दुग्ध उत्पादनलाई बढवा गर्ने, दूधबाटै कृषकहरूलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको मुख्य उद्देश्य रहेको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्का र वडा न ४ का वडाध्यक्ष छविराज शर्माको समेत उपस्थिति रहेको थियो ।

May be an image of 7 people

May be an image of 8 people and people sitting

तपाइँको प्रतिक्रिया
Array