नेपाली काँग्रेस ५ नं. वडा स्तरिय पार्टी कार्यालय उद्घाटन
सल्यानको त्रिबेणी गाउँपालिका वडा नं. ५ मा नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो वडा स्तरिय पार्टी कार्यालयको आईतबार एक औपचारीक कार्यक्रमका साथ उद्घाटन गरेको छ । नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो निजी रुपमा प्रयोग गर्ने गरी वडा स्तरिय पार्टी कार्यालयको स्थापना गरी नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति तथा उक्त कार्यक्रमका प्रमुख अतिथि केश बहादुर विष्टले उद्घाटन गर्नुभएको थियो ।
नेपाली काँग्रेस पाटीलाई बलियो तथा सुदृढिकरण गर्ने उद्देश्यका साथ त्रिबेणी गाउँपालिकाले प्रत्येक वडा–वडामा नेपाली काँग्रेसको पार्टी कार्यालय स्थापना गर्ने उद्देश्यका साथ नेपाली काँग्रेसका सक्रिय नेता तथा कार्यकर्ताको पहलमा वडामा पार्टी कार्यालय स्थापन गरिएको कार्यक्रमका सभाध्यक्ष तथा वडा नं. ५ का सभापति बिमल कुमार रावतले बताउनु भयो ।
उक्र कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी र राप्रपा परित्याग गरि २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह