त्रिबेणी गाउँपालिकाकोे सार्वजनिक सुनुवाई वडा नं ४ फलाबाङमा सम्पन्न

२५ पुष २०७८, आईतवार १७:२८ मा प्रकाशित

त्रिबेणी गाउँपालिका सल्यानको आयोजनामा वडा नं. ४ को कार्यलय फलाबाङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
त्रिबेणी गाउँपालिका कार्यपालिका लुहाम सल्यानको कार्यालयबाट प्रवाह भइरहेको सेवा, विकास निर्माण, बजेट, भौत्तिक पूर्वाधार निर्माण, समाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन र सरसफाइ लगायतका विविध विषयमा जनताहरुलाइ सुशासनको प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि त्रिबेणी गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको हो ।
गाउँपालिकाले आर्थिक बर्ष ०७८।७९ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुनले बताउनु भयो । कार्यक्रममा वडाका जनताहरुको राखेका प्रश्नहरुको जवाफ संम्बन्धीत शाखा प्रमुख तथा गाउँपालिका अध्यक्षले दिनु भएको थियो ।

कार्यक्रममा जवाफदेही वक्ताको रुपमा योजना शाखाबाट पहलमान वलि, प्राविधिक शाखाबाट ईन्जिनियर गंगाराम वलि, शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्य, कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबाल, पशु शाखाबाट हुकुम राम्जा, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, त्रिबेणी गाउँपालिकाका वडा नं. ४ का वडा सदस्यहरु, शिक्षक लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
उक्र कार्यक्रममा सभाध्यक्ष तथा जवाफदेही बक्ताको रुपमा गाँउपालिका अध्यक्ष मानबहादुर डांगी रहनु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्काले स्वागत मन्तव्यमा राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu