नेपाल निजामती कर्मचारी युनियन सल्यानको अध्यक्षमा लिलाधर बबाल
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिती सल्यानको अध्यक्षमा लिलाधर बबाल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार खलंगामा भएकाे आठौँ जिल्ला अधिबेशनले बबालकाे अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित गरेकाे हाे ।
अध्यक्ष बवाल शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन् । त्यस्तै खुल्ला उपाध्यक्षमा लाेकेन्द्र डाँगी, समावेशी उपाध्यक्षमा दिपक पुन, महिला उपाध्यक्षमा त्रिपुरा केसी बाेहरा, सचिवमा महेन्द्र बस्नेत, सहसचिवमा तुल्सीराम डाँगी र काेषाध्यक्षमा प्रकाश खड्का रहेका छन् ।
लिलाधर बबालको अध्यक्षता तथा लोकेन्द्र डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महेन्द्र बस्नेतले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगी, काँग्रेस जिल्ला सभापती केश बहादुर बिष्ट, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय बरिष्ट उपाध्यक्ष उत्तम कटुवाल, कर्णाली अध्यक्ष एवम् केन्द्रिय उपाध्यक्ष नृपजंग शाही, केन्द्रिय सचिव गणेश भण्डारी, नेपाली काँग्रेसका पुर्वकेन्द्रिय सदस्य डिल्लीराज रेग्मी, पार्टीका जिल्ला सचिवद्धय प्रकाश भण्डारी र एकराज बुढाथोकी लगाएतले मन्तव्य राखेका थिए ।
यस्तै पार्टीका क्षेत्रिय सभापति एवम् शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, नगर उपप्रमुख सावित्रा बस्नेत, ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष बिर बहादुर सेवजाल, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष बिरेन्द्र हमाल, नेविसंघका उपाध्यक्ष प्रेम नारायण बिक लगाएतले बोलेका थिए
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







