त्रिबेणी गाउँपालिकाको स्वास्थ्य संस्थामा गरिएको सामाजिक परिक्षण सार्वजनिक

१५ पुष २०७८, बिहीबार १६:३९ मा प्रकाशित

त्रिबेणी गाउँपालिका सल्यानको आयोजना तथा स्वास्थ्यका लागी सक्षम प्रणलीको प्राविधिक सहयोगमा त्रिबेणी गाउँपालिकामा सामाजिक परिक्षण सम्पन्न भएको छ । त्रिबेणी गाउँपालिकामा रहेका ३ वटा स्वास्थ्य चौकीहरुमा सामाजिक परिक्षण गरिएको थियो । ३ तिन लगायर समुदायबाट सुचना संकल गरि चौथो दिन लुहाममा आमभेला गरेर नतिजा सार्वजनिक गरेको हो । जसमा त्रिबेणी गाउँपालिका वडा ६ मा रहेको त्रिबेणी स्वास्थ्य चौकी लुहाम, वडा नं. १ मा रहेको काभ्रा स्वास्थ्य चौकी तथा वडा नं. २ मा रहेको काँरागिटी स्वास्थ्य चौकीमा स्वास्थ्यका लागी सक्षम प्रणालीले सामाजिक परिक्षण गरेको थियो ।

स्वास्थ्य चौकी संचालन तथा ब्यवस्थापन समिति, ३ वटै वडाका आमा समुह, महिला सामुदायिक स्वास्थ्य स्वयसेविका र सेवाग्राहीसंग स्वास्थ्य संस्थाबाट दिईने सेवाहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा स्वास्थ्य चौकीहरुको तंथ्याकहरुको बारेमा समेत छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै त्रिबेणी गाउँपालिका सल्यानका अध्यक्ष मान बहादुर डांगीले यस्ता किसिमका कार्यक्रहरुको जनतासंग प्रत्यक्ष जोडिन पाउदा सुखी भएको बताउनु भएको छ । आफुले ५ वर्षको अवधीमा स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेर जनताहरुको हकहितमा काम गरेको बताउनु भयो ।

यस्तै कार्यक्रममा स्वास्थ्यका लागी सक्षम प्रणालीका बिष्णु गौतमले आफुहरुले सल्यानमा यस्तो कार्यक्रम गर्न पाउदा खुसी भएको बताउनुहुन्छ । आगामी दिनमा पनि पालिकासंग सहकार्य गर्दै जाने उहा बताउनुहुन्छ । त्रिबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डांगीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा सबै वडाका वडाअध्यक्ष, स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्यकर्मीहरु लगायतको उपस्थीती रहेको थियो भने कार्यक्रमको संचालन त्रिबेणी स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले गर्नुभएको थियो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu