त्रिबेणीमा स्त्रिरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, २ सय ३० ले पाए सेवा
स्त्रिरोग विशेषज्ञ स्वास्थ्य शिविरमा २ सय ३० जनाले सेवा पाएका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना तथा त्रिबेणी गाउँपालिका सल्यानको सहयोगमा १ दिने स्वास्थ्य शिविर त्रिबेणी गाउँपालिका १ काभ्रामा रहेको जनता मा.बिमा सम्पन्न भएको छ । शिविरमा २ सय ३० जनाले सेवा पाएका छन जसमध्ये पाठेघर खसेका १२ जना भेटिएकोमा निशुल्क शल्यक्रिया ७ जनालाई रिफर गरिएको छ । शिविरमा भिआईए पोजेटिभ २ जना रहेका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा त्रिबेणी गाउँपालिका सल्यानका अध्यक्ष मान बहादुर डांगी आफ्ना नागरिकहरुको स्वास्थ्य उपचारमा कुनै कसर बाकी नराखेको बताउनु भयो । गत वर्ष पनि अन्य वडाका महिला दिदिबहिनीहरुको लागी त्रिबेणी स्वास्थ्य चौकीमा लुहाममा स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
त्रिबेणी गाउँपालिकाकी उपाध्यक्ष करुणा खड्काले शिविरमा कुनै पनि लाज नमानेर स्वास्थ्य परिक्षण गराउनको लागी सबै दिदि बहिनीहरुलाई आग्रह समेत गर्नुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष करुणा खड्काको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसी लगाएतकाले बोल्नुभएको थियो । शिविरमा सल्यान जिल्ला अस्पतालमा कार्यरत डा। अभिषेक सिंह, डा। पुजा सुवेदी र डा। संकेत बिश्वकर्माले स्वास्थ्य स्वास्थ्य जाँच गर्नुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले गर्नुभएको थियो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह