सल्यानमा नाच हेर्न गएका युवा मृत भेटिए
सल्यानमा एक युवा मृत फेला परेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ निवासी अन्दाजी १६ वर्षीय टेक बहादुर बोहराको शव कपुरकोट –५ ओखरपाटा भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधवार साथीहरूसँग बिहेमा नाच हेर्न गएका का उनी घर नफर्किएपछि मृतकका परिवारले प्रहरीलाई खबर गरेको थिए ।
प्रहरी र स्थानीयले खोज तलास गर्ने क्रममा बिहीबार दिउँसो ओखरपाटाको भिरमा करिब ५० मिटर तल बारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम यादवले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
धेरैले पढेको