जीप दुर्घटना हुँदा १ को मृत्यु १९ घाईते, तीनको अबस्था गम्भीर

   
त्रिवेणी अनलाइन
२२ कार्तिक २०७८, सोमबार १५:३५ मा

पश्चिम दाङमा भएको जिप दुर्घटना परी गम्भिर घाईते भएकी एक महिलालाई काठमाण्डौ लगीएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएकी दंगीशरण गाउँपालिका वडा नम्वर २ बस्ने ३० बर्षिया पावती वलीलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगीएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सल्यानको कालीमाटीबाट तु?लसीपुर तर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन । सोमबार बिहान ९ बजे दाङको बबई २ एक्लेबर स्थित भे १ ज ५२२ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

तपाइँको प्रतिक्रिया
Array