सल्यानमा बस दुर्घटना हुदा ९ जनाको मृत्यु , दर्जन बढी घाइते
सल्यानमा बस दुर्घटना भएको छ । दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। सल्यानको दुलधारा पोखरा देखी दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान करीब ११ बजे कपुरकोट गाउँपालिकाको खारखोला नजिकै दुर्घटना भएको हो। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाका अनुसार आइतबार बिहान भएको दुर्घटना परी९ जनाको ज्यान गएको बताएका छ्न। उनका अनुसार बस सडकबाट २ सय मिटर तल खसेको छ।
दुर्घटनामा ९ जनाको मृत्यु भएको डिएसपी थापाले जनाएका छन् । घटनास्थलमा ६ जनाको मृत्यु भएको र उपचारका लागि श्रीनगर ल्याएका थप ३ सहित ९ जनाको मृत्यु भएको डिएसपी थापाले बताएका छन्।
दुर्घटनामा परेर दर्जन बढी घाइते भएका छन । गाडिमा करीब ४० जना यात्रु रहेको बताइएको छ। घाइते र मृतकको नाम खुल्न सकेको छैन। घाइते हरुलाई उपचारकालागी नेपालगन्ज र श्रीनगर लगिएको प्रहरिले जनाएको छ। प्रहरिले अहिले मृतक र घाइतेको बिवरण संकलन गरीरहेको छ। गाडी दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप बिवरण आउन बाकी रहेको छ।
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न