गाडीको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको मृत्यु


शुक्रवार बिहान जिपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल दाङ्ग तुलसीपुरमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका – ६ बरलाकी अन्दाजी १८ बर्षिया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
उनीहरुको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो । अन्य तीन जनाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीको भनाई छ ।
आज बिहान बागचौर देखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका –२ बाङ्गेसल्लामा रुखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठक्कर दिएको थियो । ओभर स्पिडका कारण विद्यार्थीलाई ठक्कर दिएर जिप सडकबाट १० मिटर तल खसेको छ ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
धेरैले पढेको