गाडीको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको मृत्यु

शुक्रवार बिहान जिपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल दाङ्ग तुलसीपुरमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका – ६ बरलाकी अन्दाजी १८ बर्षिया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
उनीहरुको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो । अन्य तीन जनाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीको भनाई छ ।
आज बिहान बागचौर देखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका –२ बाङ्गेसल्लामा रुखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठक्कर दिएको थियो । ओभर स्पिडका कारण विद्यार्थीलाई ठक्कर दिएर जिप सडकबाट १० मिटर तल खसेको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






