सल्यानमा जिपले ठक्कर दिँदा छहारीमा बसेका पाँच विद्यार्थी घाइते , तीनको अवस्था गम्भीर
असोज १५,सल्यान
सल्यानमा डबल क्याप जिपले ठक्कर दिँदा छहारीमा बसेका पाँच विद्यार्थी घाइते भएका छन् । बागचौर देखि सल्यान खलङ्गा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका –२ बाङ्गे सल्लामा शुक्रवार बिहान रुखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठक्कर दिएको हो ।
जिपले ठक्कर दिँदा सल्यान शारदा नगरपालिका – ६ बरलाका अन्दाजी १८ बर्सिया मिना परियार, सोही ठाउँकी अन्दाजी १८ बर्सिया रेखा बुढाथोकी, १६ बर्सिया सुशीला नेपाली, १८ बर्सिया दिपा बुढाथोकी र १८ बर्सिया सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइते मध्ये सुशीला, दिपा र सुनिताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अजुर्न पौडेलले जानकारी दिए । घाइते पाँचै जनाको श्रीनगर स्थित मेट्रो अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगन्ज पठाइएको उनको भनाई छ । घाइते सबै विद्यार्थी शितलपार्टीमा रहेको शिव जन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन । उनीहरू विद्यालय आउँदै गर्दा छहारीमा बसी रहेका थिए ।
जिपको ओभर स्पिडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको पौडेलको भनाई छ । जिपमा सवार अन्य तीन जनालाई भने केही नभएको उनले बताए ।
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







