त्रिवेणीका उत्कृष्ट विद्यार्थीलाई ध्रुव प्रसाद श्रेष्ठ अक्षयकोषले नगद सहित शैक्षिक सामग्री प्रदान गर्यो ।
भाद्र ३ सल्यान स्व. ध्रुव प्रसाद श्रेष्ठ अक्षयकोष बाट उहाँको पुण्य तिथिका दिन त्रिवेणी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नगद पुरस्कार सहित शैक्षिक सामग्री प्रदान गरिएको छ । जस अन्तर्गत कक्षा ५ मा उत्कृष्ट नम्बर ल्याउने सरिकोट मावि का छात्र निसान पुन सरस्वती मावीकि विना बोहरा कालिका प्रावीका दलित छात्र रुपलाल बिकलाई जनही पाच हजार नगद सहित १ गोटा झोला, १ दर्जन कपी र १ दर्जन पेन्सिल तथा वार्डमा उत्कृष्ट १ जनालाई १ गोटा झोला, १ दर्जन कपी र १ दर्जन पेन्सिल समितिको अध्यक्ष रेमु श्रेष्ठ र प्रमुख अतथि गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी द्वारा प्रदान गरिएको छ ।
गत वर्ष त्रिवेणी ६ लुहाम बजार निवासी श्रेष्ठ परिवारले स्वर्गीय ध्रुव प्रसाद श्रेष्ठको सम्झनामा तीन लाख रुपैयाँको गाउँपालिका स्तरिय अक्षयकोष स्थापना गरेका थिए । समाजसेवी स्वर्गीय ध्रुव श्रेष्ठकी श्रीमति रेमु श्रेष्ठ, छोरा बुहारीहरु डाइमण्ड श्रेष्ठ, झुला श्रेष्ठ, प्रभात कुमार श्रेष्ठ, कल्पना श्रेष्ठ, प्रियवत्र श्रेष्ठ, मनिसा श्रेष्ठ, छोरी ज्वाई उपासना पुन, कृति बहादुर पुनले कोष स्थापना गरेका थिए ।
आफुहरुको सानो सहयोगले ती वालवालिकाहरुको भविष्य उज्वल हुने अपेक्षा गरिएको छोरा प्रभात कुमार श्रेष्ठको भनाइ छ ।
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।