सवारी चालक अनुमति पत्र लिन तत्काल ट्रायल नखुल्ने
सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा तत्काल नखुल्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ।
बायोमेट्रिकका लागि प्रतिक्षामा रहेका सेवाग्राहीहरूको हकमा यातायात व्यवस्था विभागले अर्को सूचना जारी नहुँदासम्म सेवा स्थगित रहेको बताएको छ।
लाइसेन्स नवीकरणको काम भने आजदेखि सुरू भएको छ। त्यस्तै ट्रायल परीक्षा उत्तीर्ण भएकाहरूको राजश्व संकलनसमेत थालिएको कार्यालयले जनाएको छ।
२०७७ भदौ महिनासम्म परीक्षा दिनेहरूको स्मार्ट लाइसेन्स प्राप्त भएकाले सो पनि वितरण थालिएको छ।
विभागका सूचना अधिकारी लोकनाथ भुसालले तत्काल ट्रायल नखुल्ने जानकारी दिए।
‘लिखित परीक्षा र ट्रायल तत्काल खुल्दैन। मन्त्रिपरिषदबाटै नै खुल्ने निर्णय गर्नुपर्छ,’ उनले भने, ‘विद्यालयरक्याम्पस खुलेसँगै ट्रायल पनि खुल्छ होला।’
कोरोनाभाइरसका संक्रमित घटेसँगै निषेधाज्ञामा केही खुकुलो गरिएको छ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






