त्रिवेणी गाउँपालिकाले दियो किसानहरुलाई घाँसका बेर्ना
असार ६,सल्यान
घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्ने उद्देश्यका साथ सल्यानको त्रिवेणी गाउँपालिकाले किसानहरुलाई निःशुल्क विभिन्न जातका घाँसका विरुवा वितरण गरेको छ ।
पशु सेवा शाखाका अनुसार १ सय २९ कृषकलाई १२ हजार सेट्स सुपर नेपियर, १५ हजार सेट्स मुलाटो, ५ हजार सेटेरिया र ३ हजार ५ सय किम्बुका बेर्ना निःशुल्क वितरण गरिएको हो ।
आफ्नै पालिका भित्रका स्रोत केन्द्रले उत्पादन गरेका घाँसका बेर्ना किसानहरुलाई वितरण गरिएको शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।
पशुपालन तर्फ कृषकलाई आकर्षक गर्ने उद्देश्यले घाँसका विरुवा वितरण गरिएको उहाँको भनाई छ । कुनै पालिका वा फार्मलाई बर्खे घाँसको बेर्ना तथा सेट्स आवश्यक परे सम्पर्क गर्न समेत उहाँले बताउनु भयो।




तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







