पहिरोका कारण सल्यानका दर्जन बढी ग्रामिण सडक अबरुद्ध
सल्यान ६, असार ।
अविरल वर्षाका कारण सल्यानका दर्जन बढी ग्रामिण सडकहरु अबरुद्ध भएका छन् । जिल्लाको सदरमुकाम सँगै प्रमुख ब्यापारिक केन्द्रहरु संग जोडिएका जिल्लाका ग्रामिण सडकहरु अबरुद्ध बनेका हुन् । जिल्लाको त्रिवेणी–काभ्रा–रामपुर, लान्ती–दहखोला लुहाम–पिमखोला, कालीमाटी–दम्दवाली, रागेचौर–चौरजहारी, खलंगा–लक्ष्मीपुर, रामेखोला–ओखरेनी, चाक्लिघाट–कुमाख, लगाएतका ग्रामिण सडकहरुमा पहिरो झरेको छ ।
स्थानियका अनुसार पहिरोले सडकको ठाँउ ठाँउमा क्षती गरेको छ । सडकमा आएको पहिरोलाई हटाएर मर्मत गर्नको लागि स्थानिय सरकार मौन रहेको उनीहरुको गुणासो छ । सडकमा पहिरो झर्दा कतिपय ठाँउमा पुर्ण रुपमा बन्द भएको र कतिपय ठाँउ जोखिमपुर्ण भएकाले यसको मर्मतसम्भारको लागि स्थानिय सरकारले पहल गर्नुपर्ने स्थानियको भनाई छ ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
धेरैले पढेको