त्रिवेणी गाउँपालिकाद्धारा सुनौलो हजार दिनका ६ सय आमालाई कुखुरा वितरण
सल्यान ३१, जेठ ।
सल्यानको त्रिबेणी गाउँपालिकाले सुनौला हजार दिन भित्रका ६ सय आमाहरुलाई निशुल्क रुपमा कुखुराको चल्ला वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पोषणमा सुधार ल्याउने उद्धेश्यले गाउँपालिकाको ६ वटै वडाका आमाहरुलाई कुखुराको चल्ला वितरण गरिएको हो । गाउँपालिकाका सबै वडाहरुमा पुगेर प्रत्येक वडामा १०० जना सुनौला हजार दिन भित्रका आमाहरुलाई कुखुरा वितरण गरिएको हो ।
जसमा न्यु हेम्पासायर र ब्ल्याक अस्टालोप जातका कुखुराको चल्ला बितरण गरिएको गाउँपालिकाको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो । उहाँले प्रत्येक सुनौला हजार दिन भित्रका आमाहरूलाई ५ वटाका दरले ३ हजार कुखुराका चल्ला वितरण गरिएको जानकारी दिनुभयो । बाँकेको खजुराबाट खरिद गरेर अण्डा दिने कुखुराका चल्ला तिरण गरिएको र यसले आमा र बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।
कुखुराको चल्ला वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगी, उपाध्यक्ष करुणा खड्का, गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







