गृहमन्त्री बादल पराजित, राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित
सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।
बिहीबार हेटौंडामा भएको निर्वाचनमा देवकोटाले कूल ५ हजार ८८ मतभार प्राप्त गरे। मतभार १८ रहेको स्थानीय तहतर्फ देवकोटाले २ हजार ३ सय ४ र ४८ मतभार रहेको प्रदेशसभा सदस्यतर्फ २ हजार ७ सय ८४ मत प्राप्त गरे ।
यसको अर्थ उनलाई स्थानीय तहका प्रमुख उपप्रमुख १ सय २८ र ५८ जना प्रदेशसभा सदस्यले मत दिए।
उनका निकटतम प्रतिस्पर्धी बादलले कूल ४ हजार १४ मतभार प्राप्त गरे। स्थानीय तहतर्फ १ हजार ८ सय ५४ र प्रदेशसभा सदस्य तर्फबाट २ हजार १ सय ६० मत उनलाई खस्यो। उनलाई स्थानीय तहका प्रमुख, उपप्रमुख १ सय ३ र ४५ जना प्रदेशसभा सदस्यले मत दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ र प्रदेशसभा सदस्यतर्फ २ गरी कूल १ सय ३२ मतभार प्राप्त गरे। कूल ३ सय ४७ जना मतदाता रहेकोमा कूल ३ सय ३८ मत खसेको थियो।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






