मार्क्सवाद र वैज्ञानिक समाजवाद : रबिन्द्र महतारा
मुलत : मार्क्सवाद भनेको प्रकृति,मानवसमाज,जीवन र जगत प्रतिको चिन्तन प्रक्रियालाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी ढंगले व्याख्या गर्ने,बुझ्ने अनि बदल्नको निम्ति संघर्ष गर्ने अनि बदलिएको चिजलाई रक्षा गर्ने बैज्ञानिक दर्शन अनि श्रमिक तथा श्रमजीवी वर्गको मुक्तिको लागि बैज्ञानिक हतियार हो।
मार्क्सवादी दर्शन श्रमिक तथा श्रमजीवी वर्गको विश्वदृष्टिकोण हो । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोण पनि भनिन्छ । मार्क्सवादी दर्शन एक वैज्ञानिक दर्शन हो । मार्क्सवादी दर्शन एक वर्ग दर्शन हो । श्रमिक तथा श्रमजीवी वर्गको दर्शन हो । यस दर्शनलाई स्टालिनले मार्क्सवादी लेनिनवादी विश्वदृष्टिकोणको रूपमा पनि परिभाषित गर्नु भएको छ ।
२) मार्क्सवादी दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाका बीचबाट भएको हो । मार्क्सवादी दर्शनको जन्म ऐतिहासिक आवश्यकताको कारणबाट भएको थियो । विश्व राजनीतिक रंगमञ्चमा एक स्वाधिन शक्तिको रूपमा देखापरेपछि श्रमिक तथा श्रमजीवीवर्गको लागि एक साच्चिकै वैज्ञानिक दर्शनको खाँचो पर्न गयो । त्यो एक प्रकारको ऐतिहासिक आवस्यकता थियो । जसको परिपूर्ति मार्क्सवादी दर्शन अर्थात द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनले गर्यो । विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी वहन गरेको श्रमजीवी वर्गको प्रयासलाई मार्क्सवादी दर्शनले सैद्वान्तिक आधार प्रदान गर्यो । मार्क्सवादी दर्शनमा श्रमिक तथा श्रमजीवी वर्गले संसारलाई सहि ढंगले बुझ्ने र त्यसलाई बदल्ने एक अचुक बौद्विक अस्त्र भेटायो । लेनिनले मार्क्सवादी दर्शनको महत्वलाई यसरी दर्शाउनु भएको छ–मार्क्सको दर्शन एउटा यस्तो परिपूर्ण भौतिकवाद हो, जसले मानव जातिलाई र खास रूपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ । यस दर्शनका बारेमा स्वयं मार्क्सले लेख्नु भएको छ(जसरी दर्शनले र्सवहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउछ, त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्विक हतियार भेटाउँछ । अतः जुन परिस्थिति र परिवेशमा मार्क्सवादी दर्शन जन्मियो ।
३) पृथ्वीमा मानव जातिको उत्पत्तिसंगै मानवसमाजको विकाश भयो,यस विकास क्रमसंगै ढुंगे युग वा आदिम साम्यवादी युगबाट दास युगको सुरुवात भयो, दासयुगबाट सामन्ती युग अनि सामन्ती युगबाट पुजिवादी युग आयो१
अनि पुँजीवादको ठाउँमा समाजवाद आयो ।तर त्यो समाजवाद कुरामा आउँथ्यो तर यथार्थमा आउँदैनथ्यो अर्थात काल्पनिक समाजवाद थियो । कुरामा समाजवाद आउने, सुन्दर समाज आउने, सुन्दर संसार आउने तर यथार्थमा जस्ताको त्यस्तै ।
अहिलेको हाम्रा नेपालको समृद्वि जस्तै । कुरामा आइरहेको छ समृद्वी तर व्यवहारमा आउदैन । रेल गुडेको गुड्यै छ । पानी जहाजको त टिकट नै अग्रिम खुला भइसक्यो । त्यस्तै त्यसबेलाको समाजवाद पनि जुन दार्शनिकहरूले सोचेर ल्याएका थिए त्यो कुरामा मात्र ल्याइएको समाजवाद थियो । त्यसबाट यथार्थमा समाजवाद आएन ।
४) समाजवादपछि मार्क्सवाद आयो । मार्क्सवादले पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवाद ल्यायो । त्यो वैज्ञानिक समाजवाद वास्तमै आउने समाजवाद थियो । त्यो पहिलो पटक पेरिस कम्युनमा आयो । दोस्रो पटक सन १९१७ मा सोभियत संघमा आयो । तेस्रो पटक सन १९४९ मा जनवादी क्रान्तिको रुपमा पाइला टेकेर चीनमा आयो ।
विज्ञान जसरी गतिशिल छ त्यसरी नै पुजिवाद पनि गतिशिल छ,
पुजिवाद पनि व्यापारिक पुजिवाद,औद्योगिक पुजिवाद,एकाधिकार पुजिवाद हुँदै आजको परिवेशमा भुमण्डलिकृत पुजिवादको रुपमा विकाश भएको छ१यति मात्र होइन पुजिवादले उदारवाद हुँदै नवउदावादी आर्थिक शोषण द्वारा आफुलाई जिवित तुल्याएको छ । त्यसैले वैज्ञानिक समाजवाद नै सबै खालका पुजिवादको विकल्प भएकोले एक खालको पुजिवादको विकल्प अर्को खालको पुजिवाद हुन सल्दैन ।
५) नेपाल सुगौली सन्धिपछी अर्थसामन्ती र नवऔपनिवेशिक
चरणमा प्रवेश गर्यो र राजतन्त्रको अन्त्यपछि नेपालमा सामन्तवादका अवशेष छन तर ती मुख्य होइनन,मुलत : नेपाली समाजमा दलाल पुजिवाद हावी भएकोले नेपाली समाज पुजिवादी समाजमा बदलियो तर नेपालमा पुजिवादी जनवादी क्रान्ति पूरा भएको भन्ने होइन यदि नेपालमा नयाँ जनवादी क्रान्ति पूरा भएको भए नेपालमा राष्ट्रिय उत्पादक पुजिवादको विकाश हुन्थ्यो तर नयाँ जनवादी क्रान्तिको सम्पन्नता विना स्थापित भएको अनुत्पादक पुजिवादको रुपमा नेपालमा दलाल पुजिवाद हावी छ।
यस पुजिवादले नेपालमा सियो समेत उत्पादन हुन नदिने सबै बस्तु तथा सेवाहरु विदेशबाट आयात गरेर बाड्ने अनि नेपालको पैसा विदेश पठाएर नेपाललाई असफल राष्ट्र बनाएर पुजिवादी (उत्तर साम्राज्यवादीहरुको चक्रव्युह अनुहार
नेपालका जल (जंगल जमिन,नदिनाला,प्राकृतिक स्रोत(साधनहरु उपयोग गर्ने र नेपालका मानवसंसाधनलाई श्रम शोषण गरेर भुमण्डलिकृत पुजिवादको मोडेलबाट लुटको स्वर्ग बचाउने प्रयासमा विश्वभरका साम्राज्यवादी शक्तिहरु लागिपरेका छन । यसको एक मात्र विकल्प भनेको वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाबाट मात्र दलाल पुजिवादको प्रतिस्थापन गर्न सकिन्छ किनकी पश्चगमनको विकल्प यथास्थितिवाद हुन सक्दैन,पश्चगमनको एक मात्र विकल्प अग्रगमनमात्र हुन सक्छ।
६) मार्क्सवादले त्यो वैज्ञानिक समाजवादको निष्कर्ष एउटा दर्शनको आधारमा निकाल्यो त्यो दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन थियो । द्वन्द्वात्मक भौतिकवाद भन्ने बित्तिकै त्यसमा दुईवटा दर्शनहरू छन एउटा द्वन्द्ववाद एउटा भौतिकवाद ।
द्वन्द्ववाद हेगेलले अठारौँ शताब्दीमा ल्याएका थिए । हेगेल जर्मनीका दार्शनिक हुन जसले हेगेलको दर्शन सबैका लागि मान्य हुन्थ्यो । त्यसबेला हेगेलको दर्शनलाई हरेक बुद्विजीवीले आफ्नो विचारधाराको आधार बनाउँथे । त्यो दर्शनको मार्क्स र एंगेल्सले पनि अध्ययन गरे अनि आफ्नो विचारधाराका लागि आधार बनाए ।
अर्को दर्शन भौतिकवाद थियो । भौतिकवाद त्यसबेलाकै अर्का दार्शनिक हेगेलकै चेला लुट्विग फायरबाखले लिएर आएका थिए । तर, उनले हेगेलको दर्शनलाई सिङ्गै उठाएर डम्पिङ साइडमा लगेर राखिदिए । हेगलको दर्शन अध्याध्मवादी थियो । त्यसकारण उनले त्यो दर्शनको ठाउँमा भौतिकवादी दर्शन स्थापित गराइदिए । हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवाद मिलाएर द्वन्द्वात्मक भौतिकवाद बनाउने काम मार्क्स एंगेल्सद्वारा गरियो ।
७) दर्शन त ल्याइयो । द्वन्द्ववाद र भौतिकवादलाई मिलाएर द्वन्द्वात्मक भौतिकवाद त बनाइयो । तर त्यसका लागि प्रमाणहरूको अभाव थियो । द्वन्द्ववादले यो सम्पूर्ण संसार परिवर्तनशील छ, विकासशील छ र अन्तरसम्बन्धित छ भन्ने धारणा लिएर आएको थियो । भौतिकवादले सम्पूर्ण संसारको आधार भौतिक तत्वको पदार्थ हो भन्ने कुरा ल्याएको थियो । यी दुवैलाई मिलाएपछि त्यसबेला दर्शन पूर्ण हुन्थ्यो । हेगेलको दर्शनमा एउटा कुराको कमी थियो । हेगेलको दर्शन अध्यात्मवादी थियो । उक्त दर्शनले आत्मा र चेतनालाई प्रधान मान्थ्यो । त्यसैगरी फायरबाखको दर्शनमा पनि कमी थियो । उक्त दर्शनले यो संसार स्थिर छ, अपरिवर्तनशील छ, जस्ताको तस्तै रहिरहन्छ भन्ने मान्यता राख्दथ्यो । त्यसकारण त्यो अदिभूतवाद थियो । फायरबाखको दर्शनमा रहेको अधिभुतवाद र हेगेलको दर्शनमा रहेको अध्यात्मवादलाई हटाएर मार्क्स एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादको निर्माण गरे ।
८) द्वन्द्वात्मक भौतिकवादी दर्शन सम्पूर्ण संसारको हरेक घटनालाई व्याख्या गर्न प्रर्याप्त हुन्थ्यो । त्यसैको आधारमा मार्क्सवादले पुँजीवादी व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवादको स्थापना गर्ने परिकल्पना लिएर आएको थियो । तर त्यसबेलाको समयमा प्रकृति विज्ञानमा त्यति धेरै प्रगति भइसकेको थिएन । जस्तो एङ्गेल्सले भन्छन्, द्वन्द्ववादको प्रमाण प्रकृति हो । द्वन्द्ववादलाई हामीले प्रकृतिमा खोज्नुपर्छ । तर प्रकृति विज्ञानमा मार्क्सको समयमा त्यति धेरै प्रगति भइसकेको थिएन । त्यति धेरै आविष्कार र खोज भइसकेको थिएन । जसले गर्दा प्रकृतिमा हामीले द्वन्द्ववादी प्रक्रियालाई देख्न सक्यौँ । एङ्गेल्सका अनुसार द्वन्द्वात्मक भौतिकवादलाई निर्णयात्मक चरणमा पुर्याउनका लागि प्रकृति विज्ञानमा तीनवटा आविष्कारहरू भएको थिए ।
द्वन्द्वात्मक भौतिकवादले संसारमा घट्ने हरेक घटनाहरूको उत्पत्ति कसरी हुन्छ भन्ने कुराको व्याख्या गर्न सक्छ । यी तीनवटा सिद्वान्त भएपछि हामीले यो संसारमा घट्ने घटनाहरूको व्याख्या विश्लेषण गर्न सक्छौँ । जसरी गणितमा एउटा सूत्रले सम्पूर्ण समस्याहरूको हल गर्न सकिन्छ, त्यसरी द्वन्द्वात्मक भौतिकवादका यी तीनवटा सिद्वान्तहरूले सम्पूर्ण संसारको व्याख्या विश्लेषण गर्न सकिन्छ ।
- त्रिवेणीको काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सम्पन्न १ सय ५५ सेवाग्राहिले लिए सेवा ।
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
- नेपाल निजामति कर्मचारी युनियन त्रिवेणीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण