जाजरकोटमा पूर्व सभासद राजीब शाहको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा
समाजसेवी एवं नेपाली काँग्रेसका युवा नेता राजीव शाहको विशेष सहयोगमा जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा सोमबारदेखि शुरु भएको छ ।
भेरी नगरपालिका वडा नं ४ जाजरकोटका वडा अध्यक्ष खम्बजंङ्ग शाहको समन्वयमा पुर्ब सभासद राजीब बिक्रम शाहको सक्रियताबाट एम्बुलेन्स गाडी सोमबार नै जाजरकोट खलंगामा पुगेको छ ।
जिल्ला अस्पताल जाजरकोटबाट रिफर गरेका बिरामिलाइ उक्त गाडीबाट सुर्खेतदेखि नेपालगन्जसम्म निःशुल्क आवतजावत गर्न सक्नेछन् ।
जाजरकोटका विभिन्न स्थानमा विरामीहरुको सेवा दिन एम्बुलेन्सले सहयोग पुग्ने युवा नेता शाहले विश्वास लिएका छन् । उनले एम्बुलेन्स व्यवस्थापनका लागि कुमारी ट्रष्ट स्थापना गरेका छन् ।
आफै अध्यक्ष रहेको ट्रष्टको माध्यमबाट उनले जाजरकोटमा समाज सेवाको कामहरु सञ्चालन गरेका छन् ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
धेरैले पढेको