छत्रेश्वरि गाउँपालिकाद्धारा १० बेडको अक्सिजन सहितको कोभिड उपचार कक्ष संचालनमा

१८ बैशाख २०७८, शनिबार १८:३० मा प्रकाशित

सल्यानको छत्रेश्वरि गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन तथा उपचार उपचार कक्ष संचालनमा ल्याएको छ।

पालिकाको ६ नम्बर वडा स्थित भोटेचौरमा कोरोना भाइरस कोभिड- १९ का बिरामी हरुलाई मध्यनजर गर्दै अक्सिजन सहितको आइसोलेसन तथा उपचार कक्ष संचालनमा ल्याएको हो।

उपचार कक्षमा बिरामिहरुलाई मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीको टोलिले उपचार गर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रकाश दाहालले बताए। अहिले १० बेडको आइसोलेसन बनाएका छौं ” आबस्यकता अनुसार थप्छौ” उनले भने।

गाउँपालिका भित्रका अति जटिल कोभिड १९ का बिरामी हरुलाई उपचार कक्षमा राखेर उपचार गरिने गाउँपालिका अध्यक्ष सन्तोष केसिले जानकारी दिए। सामान्य बिरामि भन्दापनी अक्सिजन दिनुपर्ने र जटिल कोभिडका बिरामीहरुको उपचार गरिने उनले बताए। कोभिडको संक्रमण र त्यसका बिरामिहरु दिनप्रतिदिन बढ्दै गएका कारण उपचार कक्ष संचालनमा ल्याएको अध्यक्ष केसिले बताए।

आइसोलेसन तथा कोभिड उपचार कक्षमा अक्सिजन सहित, बेड, स्वास्थ्य सामग्री लगाएतको ब्यबस्था मिलाइएको डाक्टर प्रोशेष सिंहले तीखो खबरलाई बताए। मेरो नेतृत्वमा स्वास्थ्यकर्मीको टोलि खटिएका छौ” हामिले कोभिडका अति संबेदनसिल बिरामी हरुको उपचार गर्नेछौ” उनले भने।

कोरोना संक्रमण र बिरामिहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले ३ वटा एम्बुलेन्स गाउँपालिका कार्यालयमा राखेको छ। बिरामी हरुकालागी जुनसुकै समयमा पनि सेवादिने गाउँपालिकाले जनाएको छ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu