एकैदिन ५ हजार ७ सय ६३ संक्रमित पुष्टि
काठमाडौँ – पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १४ हजार ४ सय ३ पीसीआर परीक्षणबाट शनिबार ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । यस्तै ५ सय ५५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५७ जनामा पोजिटिभ देखिएको मन्त्रालयको तथ्यांक छ ।
२४ घण्टामा १२ सय ८७ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८२ हजार ३ सय ८२५ पुगेको छ । २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।
हालसम्म पीसीआर परीक्षण २४ लाख ८८ हजार ३ सय ५९ पुगेको छ । आइसोलेसनमा ४३ हजार २ सय १३ र क्वारेन्टाइनमा ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






