घर आगलागी हुदा सल्यानमा एकको ज्यान गयो
सल्यानमा एक घरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं।१० मदाना निवासी ३० वर्षीय राम बहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । सुती रहेको अवस्थामा घर आगलागी हुँदा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
मंगलबार राती करिब १० बजेको समयमा उज्यालोको रुपमा प्रयोग हुने सल्लाको दियालोबाट आगलागी हुँदा उनको ज्यान गएको अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताए । उनी घरमा एक्लै बसेकाले अन्य मानविय क्षति भने नभएको पौडेलको भनाई छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






