करिनालाई एक दिनमा तीन करोड
मुम्बई : भारतको डान्स रियालिटी सो ‘डान्स इन्डिया डान्स’को एक एपिसोडका लागि करिनाले तीन करोड रुपैयाँ लिएकी छन् । उक्त रियालिटी सोको प्रिमियर १२ जुनमा गरिएको थियो ।
करिनाले दिनको तीन करोड लिएको हल्ला त्यही बेला बाहिर आएको हो ।
अभिनेत्रीहरूमा करिनाका लागि भारतीय टेलिभिजनले अहिलेसम्मकै सबैभन्दा बढी पारि श्रमिक भुक्तानी गरेको छ । करिनाका अनुसार पुरुष निर्णायकसरह महिला निर्णायकले पारि श्रमिक पाउनु राम्रो कुरा हो । टेलिभिजनमा अझै बढी मेहनत गर्नुपर्ने र आफू त्यसका लागि तयार भएको पनि उनले बताएकी छन् ।
बलिउड सुपर स्टारहरू प्रायः टीभी सोमा आउँदैनन् । तर करिनाले यो घेरा तोडेकी छन् । टीभी सोका साथै करिना अक्षय कुमार, दिलजित दोसाँझ र कियारा अड्वानी स्टारर फिल्म ‘गुड न्युज’मा पनि देखिँदै छिन् ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







