कालिज पालनबाट मनग्य आम्दानी गर्दै सल्यानका : मंगल सिंह

   
त्रिवेणी अनलाइन
२७ चैत्र २०७७, शुक्रबार १२:०१ मा
[Sassy_Social_Share total_shares="ON"]

पछिल्लो समय गाउँका युवा विदेशिने क्रम बढिरहेको बेला सल्यानको त्रिबेणी गाउँपालिका १ गैरेकटेरीका मंगलसिंह केसीले गाउँमै कालिज पालन व्यवसाय सुरु गरेका छन् । जिल्लामै पहिलोपटक व्यवसायीक रुपमा उनको परिवारले कालिज पालन गरिरहेका छन । गाउँमै केहि नयाँ व्यवसाय गरेर स्वरोजगार हुन र मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा उनि चिनिएका छन ।

उनि जेसिबीको चालक हुन । कन्ट्रक्सनको कामबाट उनले राम्रै कमाउथे । घरपरिवार चलाउन उनलाई कुनै मुस्कील थिएन । तर पछि कन्ट्रसनको कामबाट दिक्क भएका उनले कालिज पालनको बारेमा युटुबमा हेरे । उनी अब म पनि गाउँमा गएर कालिज पाल्छु योजना बनाएर सल्यान आईपुगे र कालिज पालनको काम अघि सारे । अहिले उनिसंग ३७ वटा कालिज रहेका छन । यो संख्या सानो जस्तो लागे उनले करिब ६ लाख लगानी गरेर काम अगाडी बढाईरहेका छन । पहिले गाउँमा यस्तो चरा पालेर नि के गर्न खोजेको भन्दै खिल्ली उडाउने गाउँलेहरुनै अहिले उनको व्यवसाय देखेर चकित परेका छन । उनले सानो लगानी गरेर वार्षिक १० लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन ।

घर परिवारबाट सुरुमा सहयोग भएन । अहिले घरपरिवारले पनि राम्रै साथ दिएको छ । उनले अहिले कालीजका चल्ला उत्पादनका लागी ह्याचिङ मेसिन पनि किनेका छन । जसबाट उनले चल्ला उत्पादन गरेर अझै व्यवसायलाई ठुलो बनाउने योजनामा छन । गाउँका युवालाई गाउँमै केही नयाँ काम गर्न प्रोत्साहन गरी आम्दानी बढाउने लक्ष्यका साथ गाउँपालिकाले उनलाई अनुदान पनि दिएको छ । गत वर्ष उनले ८० हजार प्राप्त गरे । पालिकाभित्र व्यबसाय गर्न चाहाने युवालाई गाउँपालिकाले विभिन्न किसिमका कार्यक्रम अघि सारी काम गरिरहेको छ ।
पालिकाले कृषकको प्रोत्साहन, व्यबसायीकरण र आर्थिक सम्बृद्धिका लागी गाउँपालिका अध्यक्ष उत्कृष्ट पुरस्कार, कृषकको उत्पादन गाउँपालिकाको अनुदान लगाएतका कार्यक्रम लागु गरी अघि बढेको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu