त्रिबेणी गाउँपालिकाकोे सार्वजनिक सुनुवाई वडा नं ३ ढुङ्गीबगरमा सम्पन्न

   
त्रिवेणी अनलाइन
९ चैत्र २०७७, सोमबार १७:०३ मा
[Sassy_Social_Share total_shares="ON"]

चैत्र ९, सल्यान
त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. ३ ढुङ्गीबगरमा सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको वडा नं ३ को कार्यालयबाट भैरहेका सेवा प्रवाह भौतिक पुर्वाधार निर्माण, बजेट लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । जनताहरुलाइ सुशासनका प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि त्रिबेणी गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको हो ।

आ.व. २०७७/७८ मा वडाले गरेका विकास निर्माणका कामहरुको बारेमा वडाअध्यक्ष हुकुम प्रसाद महताराले जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडाका जनताहरुको राखेका प्रश्नहरुको जवाफ संम्बन्धीत शाखा प्रमुख तथा गाउँपालिका अध्यक्षले दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले गाउँपालिकाको आ.व. २०७७/७८ को कुल बजेट ४२ करोड ८८ लाख २२ हजार ७ सय २६ मध्ये ११ करोड ९८ लाख १९ हजार २ सय ९ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

कार्यक्रममा जवाफदेही वक्ताको रुपमा योजना शाखाबाट पहलमान वलि, प्राविधिक शाखाबाट ईन्जिनियर शिबराज गोसाई, शिक्षा शाखाबाट दल बहादुर राणा, कृषि शाखाबाट अमरसिंह बबाल, पशु शाखा प्रमुख बसन्त रावत, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, गाउँकार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शिक्षक लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।


त्रिबेणी गाउँपालिका सल्यानले आयोजना गरेको कार्यक्रममा सभाध्यक्ष तथा जवाफदेही बक्ताको रुपमा गाँउपालिका अध्यक्ष मानबहादुर डांगी रहनु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्काले स्वागत मन्तव्यमा राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu