कर्णालीमा हामफाल्ने ४ को शव भेटियो, एक अझै बेपत्ता

२५ फाल्गुन २०७७, मंगलवार १६:५१ मा प्रकाशित

आइतबार साँझ घरबाट निस्किएर बेपत्ता भएका एकै घरका पाँच जनामध्ये थप दुई जनाको शव फेला परेको छ। जिल्लाको आठबीस नगरपालिका–३ निमाइलका ३५ वर्षीया सुकी बडुवाल उनका छोरीहरु १५ वर्षीया कल्पना वडुवाल, १२ वर्षीया सरिता बडुवाल, ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवाल सोमबार साँझ घरबाट निस्किएपछि बेपत्ता थिए।

आमा सहित बेपत्ता भएका मध्ये १५ वर्षीया कल्पना वडुवाल र १२ वर्षीया सरिता बडुवालको शव सोमबार दिउँसो फेला परेको थियो। उनीहरुको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिएको पासोमा बेरिएको अवस्थामा फेला परेका थिए।

बेपत्ता रहेका आमा सुकी बडुवाल, छोरी ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवालको खोजीका लागि आज बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आज दिउँसो १२ बजेतिर दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए।

सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललित बडुवालको शव फेला परेको डिएसपी श्रेष्ठले बताए। दैलेख र अछाम जोड्ने बेलखेतस्थित पुल नजिकैको कर्णाली नदिमा दुई जनाको शव फेला परेको छ।’ डिएसपी श्रेष्ठका अनुसार ७ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छिन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

थप दुई जनाको शव पनि कर्णाली नदिमै भेटिएपछि पाँचै जनाले कर्णाली नदिमा हाम फालेको पुष्टि भएको छ। यता सुकीका श्रीमान् मानबहादुर बडुवाललाई पक्राउ गरी अनुसन्धान समेत थालेको प्रहरीले जनाएको छ। उक्त घटनामा अनुसन्धान र खोजतलासका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठ सहितको प्रहरी टोली मंगलबार बिहानै देखि घटनास्थलमा खटिएको छ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu