कोमल वलीले दिइन् पन्तविरुद्ध मुद्दा, ४ वर्ष कैद र ४० हजार जरिवाना माग

२५ फाल्गुन २०७७, मंगलवार १६:२७ मा प्रकाशित

२५ फागुन राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्‍याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेकी हुन् ।

उनले गाली गरेवापत १ वर्ष कैद र १० हजार जिरवाना तथा बेइज्जती गरेवापत २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना र त्यसको विद्युतीय माध्यमबाट प्रचार प्रसार गराएवापत थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दावी गरेकी हुन् ।

उनले पन्तको अभिव्यक्तिबाट आफ्नो प्रतिष्ठामा परेको असर र विद्युतीय र अन्य माध्यमबाट प्रचार प्रसार गरी बेइज्जती गरेकाले मनासिव क्षतिपूर्ति र मुद्दामा लागेको खर्च भराउन पनि माग गरेकी छन् ।

गत फागुन १५ गते नेता पन्तले पार्टीमा बिसौं वर्ष योगदान गरेका महिलाहरु भए पनि कोमल वलीले राष्ट्रियसभाको टिकट पाएको भन्दै उनीविरुद्ध लैंगिक हिंसाजन्य टिप्पणी गरेका थिए । वलीले गीत संगीत, कला र साहित्य क्षेत्र र सञ्चार माध्यमको क्षेत्रमा लामो समयसम्म देश र जनताप्रति गरेको योगदानको आधारमा नै तत्कालिन नेकपा एमालेले राजनैतिक जिम्मेवारी दिएको उल्लेख गरेकी छन् ।

तर राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी नेता पन्तले जानी जानी आफूलाई प्रतिनिधिपात्र बनाई समग्र महिलाप्रति नै अपमान हुने गरी अभिव्यक्ति दिनु महिलाविरुद्धको जघन्य हिंसा भएको वलीले निवेदनमा भनेकी छन् ।

‘देशको कुल जनसंख्याको आधा भन्दा बढी अंश ओगट्ने महिलालाई संरक्षण संवर्द्धन गर्ने कार्यमा नेपालको संविधान राजनीतिक दल तथा त्यसका नेताहरु लागि पर्नुपर्ने मुख्य अभिभारा पूरा गर्ने हैसियतको व्यक्तिको मप्रतिको लाञ्छित अभिव्यक्तिले मेरो अपमान भएको छ’ वलीले भनेकी छन् ।

महिलाको स्वतन्त्र पहिचान, आत्मसम्मान र क्षमतालाई महत्व नदिई पुरुषसँगको निकटताबाट नै महिलाको राजनीतिक भविष्य बन्ने गरेको जस्ता अभिव्यक्ति प्रकट गरी महिलाको चरित्र र आचरणमाथि प्रश्न उठाउने पन्तको कार्यले आफ्नो मात्र नभई समग्र महिला वर्गपति गाली बेइज्जतु भएको वलीले बताएकी छन् ।
स्रोत : अनलाईन खवर

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu