धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा एमाले राखियो

   
त्रिवेणी अनलाइन
२५ फाल्गुन २०७७, मंगलवार १६:२१ मा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेकपा ९माओवादी केन्द्र० लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन्। सर्वोच्च अदालतको सोमबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन्। नेकपा मुख्यालय रहेको धुम्बाराहीमा नेकपा ९एमाले० को बोर्ड राखिएको छ।

नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए। नेकपाका जिल्ला कार्यालयहरुमा एमालेको बोर्ड राख्न सोमबारदेखिनै सुरु भएको छ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो।

तपाइँको प्रतिक्रिया
Array