पुनः स्थापित प्रतिनिधिसभाको बैठक आज
सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ ।
असंवैधानिक रुपमा अन्त्य गरिएको प्रतिनिधिसभा ब्यूँतिएपछि बस्न थालेको बैठकलाई निकै चासोको साथ हेरिएको छ । राजनीतिक अन्योलबीच नेकपा र कांग्रेसको भूमिका र उठाउने कदमबारे सबैका लागि चासोको विषय भएको छ । सत्तारूढ नेकपा एक हुन नसकेको र अहिले पनि वैधानिक रूपमा विभाजित नभएको अवस्थामा संसद् बैठक सहज रूपमा अघि बढ्ने सम्भावना नरहेको सरोकारवाला बताउँछन् ।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णय गरेदेखि नै राजनीतिक दलहरूबीच तिक्तता बढेको छ । नेकपा व्यावहारिक रूपमा विभाजित भएको छ । नेकपाको एउटा समूहको नेतृत्व ओलीले गर्नुभएको छ भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गर्नुभएको छ । यद्यपि, निर्वाचन आयोगले वैधानिकताको छिनोफानो नगरेकाले कानुनी हैसियत नेकपा एउटै रहेको छ । सत्तारूढ दल विभाजित भएकै अवस्थामा प्रधानमन्त्री ओलीलाई संसद् बैठक सामना गर्न सहज हुने छैन । प्रतिपक्षी कांग्रेस अझै पनि पर्ख र हेरको रणनीतिमै देखिएको छ ।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा