त्रिबेणी गाउँपालिकाकोे सार्वजनिक सुनुवाई वडा नं ४ फलाबाङमा सम्पन्न
फाल्गुण २१, सल्यान
त्रिवेणि गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. ४ को कार्यलय फलाबाङमा सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको वडा नं ४ को कार्यालयबाट भैरहेका सेवा प्रवाह भौतिक पुर्वाधार निर्माण, बजेट लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । जनताहरुलाइ सुशासनका प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि त्रिबेणी गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको हो ।

आ.व. २०७७÷७८ मा वडाले गरेका विकास निर्माणका कामहरुको बारेमा वडासचिब शालिकराम रोकाले जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडाका जनताहरुको राखेका प्रश्नहरुको जवाफ संम्बन्धीत शाखा प्रमुख तथा गाउँपालिका अध्यक्षले दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले गाउँपालिकाको आ.व. २०७७/७८ को कुल बजेट ४२ करोड ८८ लाख २२ हजार ७ सय २६ मध्ये ११ करोड ९८ लाख १९ हजार २ सय ९ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

कार्यक्रममा जवाफदेही वक्ताको रुपमा योजना शाखाबाट पहलमान वलि, प्राविधिक शाखाबाट ईन्जिनियर शिबराज गोसाई, शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्य, कृषि शाखाबाट अमरसिंह बबाल, पशु शाखा प्रमुख बसन्त रावत, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, त्रिबेणी गाउँपालिकाका वडा नं. ६ का अध्यक्ष मानबहादुर वलि, गाउँकार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शिक्षक लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

त्रिबेणी गाउँपालिका सल्यानले आयोजना गरेको कार्यक्रममा सभाध्यक्ष तथा जवाफदेही बक्ताको रुपमा गाँउपालिका अध्यक्ष मानबहादुर डांगी रहनु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्काले स्वागत मन्तव्यमा राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement







